प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा
काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । गत साउन ४ गते नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै कारोबार रोक्का गरेको थियो ।
स्पष्टीकरण ३ दिनभित्र कारण खुलाएर नेप्सेमा पेश गर्न भनिएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पेस गरेको र सैद्धान्तिक स्वीकृत प्राप्त हुने वा नहुने अझै अन्यौल नै रहेको व्यहोरासहितको पत्र नेप्सेमा पठाएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता सर्तहरुको अक्षरशः पालना गर्ने प्रतिबद्धता पनि गरिएको गरेको हो ।
सो प्रतिबद्धता पछि नेप्सले कम्पनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।













