२५ श्रावण २०८३, सोमबार

लामो यात्रामा जाँदै हुनुहुन्छ ? प्रहरीसँग बाटोको अवस्था बुझ्नुस्



काठमाडौं । भारी वर्षा र पहिरोका कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध रहेको छ । अहिले देशभर पानी परी रहेको हुदाँ मुख्यसडक खण्ड समेत अवरुद्ध भएका छन् ।

अवरुद्ध प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ । प्रहरीले लामो यात्रामा निस्क्नु भन्दा पहिला नजिक वा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० र केन्द्रीय प्रहरी परिचालन कक्षको 9851285635 नम्बरमार्फत जानकारी लिन अनुरोध गरेको छ ।

तस्विरः नेपाल प्रहरी