सुदुरपश्चिमः व्यवसायीको एक अर्ब रुपैयाँ काम गरेको पैसा फसेको भन्दैं भुक्तानीका लागि सरकारसँग माग
कामठाडौं । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले व्यवसायीको एक अर्ब रुपैयाँ काम गरेको पैसा फसेको भन्दैं भुक्तानीका लागि सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाइ ज्ञापनपत्र बुझाउँदै काम गरेको भुक्तानी माग गरेका हुन्।
निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न ज्ञापनपत्रमार्फत भनिएको छ ।
देशभरी निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारे सरकार उदासीन बनेको ब्यवसायीहरुले बताए ।













