निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई कारबाही
काठमाडौं । निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई कारबाही गरेको छ ।
प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै जनही १५ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरेको छ । अबको ३५ दिनभित्र जरिवाना रकम दिएको भौचर ७ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाउन भनेको छ ।












