२५ श्रावण २०८३, सोमबार

बिहीवारदेखि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले व्यवसायिक कारोबार थाल्ने



काठमाडौं । नेपालमा लघुबीमा कम्पनीहरु धमाधम संचालनमा आईरहेका छन् । भोलि अर्थात साउन ११ गते बिहीबारदेखि प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनीले पनि व्यवसायिक कारोबार थालनी गर्न लागेको छ ।

प्रोटेक्टिभ माइक्रो सुदुरपश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहेने गरि व्यवसायिक कारोबार थालनी गर्न लागेको हो । सो कार्यालयको औपचारिक उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गर्दैछन् ।

कम्पनीले आवश्यक पूर्वाधार तयार गरेपछि व्यवसायिक कारोबार आरम्भ गर्न थालेको हो । कम्पनीको प्राधिकरणबाट पोलिसी स्वीकृत पनि भइसेको छ ।

कम्पनीले सुदुर पश्चिमको विकट ९ जिल्लासहित सातै वटा प्रदेशमा शाखा संजाल विस्तार गर्नेछ । कम्पनीको अध्यक्ष कृतिका अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नरेश कुमार रोक्का रहनेछन् ।