२५ श्रावण २०८३, सोमबार

एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने



काठमाडौं । नेकपा (एमाले) ले संसद बैठक चल्न नदिने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म बैठक चल्न नदिने भएको हो ।

पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो। सुन भन्सार पास हुनुमा गृहमन्त्रीको आफ्नो संलग्नता रहेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग रहेको छ ।