९ श्रावण २०८३, शनिबार

रिलायबल नेपाल लाइफको आइपीओमा अन्तिम दिनसम्म कतिले पर्‍यो आवेदन ?



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ५१ करोड ७० लाख ५३ हजार १६० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन १० गते साँझ ५ः०२ बजेसम्म २७ हजार ९१३ जनाले २० लाख ११ हजार ८८० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा आज आवेदन दिन अन्तिम दिन रेहको थियो ।

कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको छ । प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्