अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरकोे आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली र २ लाख ६ हजार ७६० कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो ।
कम्पनीले स्थानीयमा वितरण हुन नसकेको सेयर थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउने भएको छ ।
कम्पनीको आइपीओ नतिजा यी तरिकाबाट हेर्ने सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धकको वेबसाइटः https://www.nicasiacapital.com/













