कुथेली बखुरी स्मल हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल
काठमाडौं । कुथेली बखुरी स्मल हाइड्रोपावरले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल बालुवाटार काठमाडौंलाई नियुक्त गरेको हो ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ ।












