२५ श्रावण २०८३, सोमबार

पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई सोल्टी होटलको आग्रह



काठमाडौं । सोल्टी होटल लिमिटेडले पुरानो नगद लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित लाभांश बुझिलिन भनेको हो ।

हालसम्म लाभांश नलिएका सेयरधनीहरुले कम्पनीको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ ।

पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ । लाभांश रकम लिन बाँकी रहेका सेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा राखेको छ ।