तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको हे ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्काशनका गर्ने लागेको छ। उक्त सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर सम्पन्न गरेका छन् ।
तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं. २०६६ स्थापना भई बि.सं २०७५ असारमा प्राईभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनी भएको हो । ७.५ मेगावाट विद्युत उत्पादन क्षमताको यस कम्पनीको विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ साल कार्तिक महिनामा नेपाल विद्युत प्राधिकरणसंग भएको थियो ।
उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले तेह्रथुम पावर कम्पनी लिमिटेड सर्वसाधारणमा हकप्रथ शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।













