२५ श्रावण २०८३, सोमबार

राष्ट्रपतिले गरे मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।