आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौं । आइतबार पनि बजार राताम्य भएको छ । बजार आज २६.१४ अकंले घटेको हो ।
निरन्तर बजार राताम्य हुदाँ परिसूचक बन्द हुने बेलासम्म २१००.३४ बिन्दुमा आइपुगेको छ । आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५० करोड २८ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १४ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, सोल्टी होटलको ११ करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकको १० करोड २० लाख र हिमालयन डिष्टिलरीको ६ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।














