बोर्डले आफ्नै डाटा सेन्टर स्थापना गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।
आइतबार चालु आर्थिक वर्ष २०८०।८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी तथ्यांक र जानकारीहरूको समुचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भइरहेको र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरूको व्यवस्थापन गर्न आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।
बोर्डले धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताका लागि राफसाफ सुनिश्चितता कोष प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गर्ने बताएको छ ।
यो पनि पढ्नुहोस्













