रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले असार २७ गतेदेखि साउन १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा २७ हजार १४४ जना योग्य आवेदकबाट १९ लाख ६२ हजार ९७० कित्ता सेयर पाएका छन् । कम्पनीको आइपीओमा आवेदन गर्ने सबै आवेदकले शेयर पाएका छन् ।
१० कित्तादेखि ५० कित्तासम्म आवेदन दिएका १० हजार ९९९ जना र ६० देखि ५४०० कित्ता शेयरको लागि आवेदन दिएकाहरुले पनि न्यूनतम ५० कित्ता सेयर पाएका छन् । जसबाट ८ हजार ४२९ जनाले थप १० कित्ता अर्थात ६० कित्तासम्म सेयर पाएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो।













