तपाईलाई पर्यो त रिलायबल नेपाल लाइफको आइपीओ ? यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले .वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट सम्पन्न भएको छ ।
कम्पनीको आइपीओमा २७ हजार १४४ जना योग्य आवेदकबाट १९ लाख ६२ हजार ९७० कित्ता सेयर पाएका छन् । कम्पनीको आइपीओमा आवेदन गर्ने सबै आवेदकले आइपीओ पाएका छन् ।
१० कित्तादेखि ५० कित्तासम्म आवेदन दिएका १० हजार ९९९ जना पाएका छन् । ६० देखि ५४०० कित्ता शेयरको लागि आवेदन दिएकाहरुले पनि न्यूनतम ५० कित्ता सेयर पाएका छन् । जसबाट ८ हजार ४२९ जनाले थप १० कित्ता अर्थात ६० कित्तासम्म सेयर पाएका छन् ।
कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्ने सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धकको वेबसाइटः https://www.civilcapitalmarket.com/













