विश्वका २७ देशले नेपालसंग किन्छन् कुकुर बिरालोका लागि खाना, अमेरिकाले मात्रै ३ अर्बको किन्यो
काठमाडौं । कुकुर तथा विरालोले खाने दाना निर्यातबाट नेपालले झण्डै साढे ३ अर्ब रकम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार कुकुरको खानाका लागि प्रयोग हुने नेपाली छुर्पीको निर्यात बढेको हो ।
गत आवमा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको कुकुर तथा विरालोको खाना निर्यात भएको छ । जुन, अघिल्लो आवमो तुलनामा भने १७.०७ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको कुकुर तथा बिरालोको खाना निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार गत आवमा कुल १ हजार ७८६ मेट्रिक टन दाना विदेशी मलुकहरुले नेपालसंग खरिद गरेका हुन् । हाल नेपालले विश्वका दुई दर्जन मुलुकमा कुकुर तथा बिरालोका लागि खाना निर्यात गर्दै आएको छ ।
कुकुर तथा विरालोका लागि नेपाली दानाका लागि अमेरिका सबैभन्दा ठुलो बजार हो । अमेरिकाले सबैभन्दा धेरै नेपाली खाना खरिद गर्ने गरेको तथ्याङ्कले देखाउँछ ।
गत आवमा अमेरिका मात्रै २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँ बराबरको १ हजार ५२६ मेट्रिक कुकुर तथा विरालोको खाना निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा २१.३७ प्रतिशतले बढी हो । अघिल्लो आवमा पनि नेपालले २ अर्ब ४४ करोड ५० लाख रुपैयाँ बढीको दाना निर्यात गरेको थियो ।
अमेरिका सहित क्यानडा, जापान, जर्मन, हङकङ, सिंगापुर, बेलायत, फिनल्याण्ड, कोरिया लगायतका २७ देशमा यस्तो खाना नेपालबाट निर्यात हुने गरेको छ । समिक्षा अवधिमा क्यानडाले भने २९ करोड ४२ लाख रुपैयाँ बराबरको १४४ मेट्रिक टन कुकुर बिरालोको खानका लागि निर्यात भएको छ ।
त्यसैगरि जापानामा ३ करोड ९३ लाख रुपैयाँ, बेलायतमा ३ करोड ४४ लाख, हङकङमा १ करोड २५ लाख, कोरियामा १ करोड १४ लाख, सिंगापुरमा १ करोड २५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
विभागका अनुसार युएई तर्फ ४४ लाख, ताइवान तर्फ ६१ लाख, फिलिपिन्स २८ लाख, स्पेन १५ लाख, नेदरल्याण्ड ८१ लाख, मलेशिया तर्फ ४२ लाख, ग्रीन्समा ४७ लाख र ११ लाख रुपैयाँ बराबरको खाना निर्यात भएको छ ।













