प्रभु बैंकको नौ लाख १७ हजार कित्ता सेयर सर्वसाधारणले खरिद गर्ने मौका
काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको नौ लाख १७ हजार १०८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १६ गते) ले १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बवरमहलमा आवेदन दिन सकिनेछ ।












