मनकामना इन्जिनियरिङ्गको आइपीओ बाँडफाँट, बैदेशिकमा गएका २० हजारले पाए सेयर, स्थानिय कति ?
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले असार १९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ आज बाँडफाँट भएको हो ।
वैदेशिक रोजगारीमा रहेका २० हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । जसमा ५ हजार २१८ जनाको हात रित्तो भएको छ भने १ जनाको आवेदन रद्द भएको हो ।
स्थानियमा ७२२ जना स्थानीय आवेदक सबैले माग अनुसार नै सेयर पाएका छन् । स्थानीयले खरिद नगरेको बाँकी सेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हनेछ ।
कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको थियो । अंकित मुल्य १ सयमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो । उक्त आइपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं। ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, बिगु गाउँपालिका वडा नं। ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिएका हुन् ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।













