भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ: नेपालमा पनि बढ्ने, ग्यासको मूल्य भने १०० रुपैयाँले घट्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ: नेपालमा पनि बढ्ने, ग्यासको मूल्य भने १०० रुपैयाँले घट्ने



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोल तथा डिजेलको मूल्य बढाएर पठाएको छ । आइओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ ।

नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ ८७ पैसाले बढेर आएको छ । यस्तै, डिजेलको ६ रुपैयाँ ६१ पैसाले बढेर आएको निगमले जनाएको छ । तर, ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिव १०० रुपैयाँले घटेर आएको छ ।

भारतबाट आएको सूचीअनुसार नै पेट्रोल र डिजेलको मूल्य अब नेपालमा पनि स्वचालित प्रणालीबाट समायोजन हुनेछ । यसका आधारमा पेट्रोल र डिजेलको भाउ बढेता पनि ग्यासको मूल्य भने पनि घट्ने छ ।


प्रतिक्रिया दिनुहोस्