२५ श्रावण २०८३, सोमबार

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा



काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् ।

उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् ।

उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।