२५ श्रावण २०८३, सोमबार

जापानबाट ‘आच्छा लाहुरे’ भन्दै आए गायक रेशम राज (भिडिओसहित)



काठमाडौं । कलाकार रेशम राज सुनारको ‘आच्छा लाहुरे’ बोलको गीत सार्वजकि भएको छ । प्रदेशी गायक रेशम र चर्चित गायिका शान्ति श्री परियारको आवाजमा रहेको ‘आच्छा लाहुरे’ गीत बुधवार नेपाली संगीत बजारमा आएको हो ।

अभिनय तथा गायन क्षेत्रमा जमिरहेका कलाकार अमित सुनारको शब्द सृजना र नन्दु परियारले लय भरेको सो गीत रेशम राज सुनार यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतको संगीत संयोजन भने एचबिएन किस्मतले गरेका हुन् । सो गीतको प्रोड्यूसर भने हाल अमेरिकामा बस्दै आएका छविराज सुनार रहेका छन् ।

गायक रेशम हाल जापानमा बस्दै आएका छन् । प्रदेशमा रहेर पनि नेपाली मौलिक गीतप्रति उनको निकै झुकाव देखिन्छ । यसअघि पनि रेशमका धेरै गीतहरु संगीत बजारमा आईसेका छन् ।

गीतसंगीतलाई निरन्तरता दिनेक्रममा उनले पछिल्लो समय ‘आच्छा लाहुरे’ बोलको गीतलाई बजारमा ल्याएका हुन् । ‘प्रदेशमा रहेर पनि नेपाली लोक तथा दोहोरी गीतको माया मार्न सकिएन । यसपालि ‘आच्छा लाहुरे’ गीत ल्याएको छु । मेरा अन्य सृजनालाई जस्तै दर्शकले मन मनाईदिनुहुनेछ’– गायक रेशमले भने ।

‘आच्छा लाहुरे’ निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीको निर्देशनमा तयार बनेको ‘आच्छा लाहुरे’ को भिडियोमा भने निक्स शर्मा, अमित सुनार, जुना गुरुङ र जुना सुन्दासलाई देख्न सकिन्छ ।

भिडिओ: