२५ श्रावण २०८३, सोमबार

किन्ने होइन त कालिका लघुवित्तको सेयर ? आजदेखि चार हजार कित्ता बिक्रीमा



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको चार हजार १३१ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १७ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा १० कास्कीमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएकोछ ।