सोनापुर मिनिरल्सले प्रिमियम मूल्यमा १ अर्ब २३ करोडको आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले अकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ बिक्री गर्नेछ। सर्वसाधारणलाई १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आइपीओ बिक्री गर्नेछ।
कम्पनीको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।













