मिड सोलु हाइड्रोपावरको आइपीओमा चार करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?
काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओमा चार करोड ११ लाख ९३ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १७ गते साँझ ५ः०५ बजेसम्म १८ हजार ३०४ जनाले चार लाख ११ हजार ९३० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत (सात करोड ४८ लाख ४० हजार रुपैयाँ) बराबरको सेयर बिक्री गरेको छ। कम्पनीले १ सय अंकित मूल्यमा सात लाख ४८ हजार चार सय कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । जस मध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३,४,५,६, ७ र ११ का बासिन्दाहरुलाई निष्कासन गर्न लागेको हो । त्यस्तै, एक लाख ८७ हजार एक सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थिानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।
साथै, सर्वसाधारणमा निष्कासन हुने सात लाख ४८ हजार चार सय कित्ता सेयरमध्ये १० प्रतिशत ९७४ हजार ८४० कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।
आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओ साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानियका लागि खुला गरेको आइपीओमा भने सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ ११ गतेसम्म खुला रहनेछ ।
आइपीओमा आवेदन आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकको रुपमा एनआइसी एशिया क्यापिटल रहेको छ ।













