८ श्रावण २०८३, शुक्रबार

लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो स्वीकृत



काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको हो ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको अर्थात ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिनेछ । त्यसपछि बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद सेयर निष्काशनको मिति तय गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्