७ श्रावण २०८३, बिहिबार

नेसनल हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?



काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा अन्तिम दिनसम्म ६० करोड ३६ लाख ७३ हजार ४०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १८ गते साँझ ५:०६ बजेसम्म २७ हजार ७४१ जनाले ६० लाख ३६ हजार ७३४ कित्ताका लागि आवेदन दिएका हुन् ।

हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १:५ अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर गरेको हो । जसमा ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्