७ श्रावण २०८३, बिहिबार

अन्तिम दिनसम्म कति पर्यो माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन ?



काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आइपीओमा अन्तिम दिनसम्म ६ करोड ८४ लाख ४९ हजार रुपैयाँ संकललन भएको छ । सडिएसका अनुसार आज अर्थात साउन १८ गते साँझ ५ ०६ बजेसम्म २८ हजार ७७४ जनाले ६ लाख ८४ हजार ४९० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी एक अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेकोथियो । एक सय अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । जस मध्य पाँच लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दाहरुलाई निष्कासन गरेको हो ।

त्यस्तै, दुई लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं। २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं। ५ मा बसोबास गर्ने स्थिानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । यी क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि एक लाख ४२ हजार ८५० कित्ता सेयर जारी हुनेछ ।

साथै, सर्वसाधारणमा निष्कासन हुने १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानियले भने भदौ एक गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले यस आयोजनाको आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक र एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्