प्रतिकित्ता १६५ रुपैयाँ मै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर किन्ने मौका
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५० हजार कित्ता सेयर लिलामी बिक्री खुलामा ल्याएको हो ।
उक्त सेयरको लागि न्यूनतम मूल्य १६५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
लगानीकर्ताले यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिद गर्ने चाहने जो कोहि ब्यक्तिले पनि आवश्यक कागजात संकलन गरी साउन २६ गते भित्र लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा बुझाउन पर्ने कम्पनीले जनाएको छ ।













