कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको न्यूनतम खरिद मूल्य १०५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिद गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवश्यक कागजात संकलन गरी भदौ १ गतेभित्र बैंकको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंका आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।













