२५ श्रावण २०८३, सोमबार

सोमबार नेपालमा सार्वजनिक हुँदै सुजुकी ‘जिम्नी’ र ‘फ्रोन्क्स’ एसयूभि, सुरुवाती मूल्य कुनको कति ?



काठमाडौं । बहुप्रतिक्षित दुई सुजुकी एसयूभीहरु नेपामा अनावरण हुने भएको छ । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सबै सुजुकी शोरुमहरुमा हेर्न र टेस्ट ड्राईभ लागि २२ श्रावण देखि उपलब्ध हुने भएको हो ।

सो दिन सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी एनएक्सटीजे ले सो एसयूभीहरु बुकिंङ्ग गत असार २९ गते देखिनै खुल्ला गरेको थियो ।

कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँबाट र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछन् ।

५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत फोडब्लूडी प्रणाली, अल ग्रीप प्रोसंग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्रि लिंक रिजिड एक्सल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो । “द फेस अफ न्यु एसयूभी“ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्ने कम्पनीे जनाएको छ ।

प्रिमियम डिजाइन, नया युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।