हिमालय एअरलाइन्सद्वारा लव प्रसाद बाल गृहलाई आर्थिक सहयोग
कठमाडौं । हिमालय एअरलाइन्सले लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ ।
अनाथ तथा विपत्र बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लव प्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको हो ।
अगस्ट ३ मा बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्सका अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई ३ लाख ९६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हन् ।
यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हूप जस्ता विभित्र खेलकुदका सामाग्रीहरू पनि सहयोग गर्नुभएको छ। सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ ।
उक्त सहयोग रकम बालबालिकाको लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकुल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भार गर्न प्रयोग गरिने भएको छ।

एअरलाइन्सका अध्यक्ष इन्योङ्गले भने,” नेपालमै आधार र नेपालमै सेवा हिमालय एअरलाइन्सले लामो समयदेखि गरेको प्रतिबद्घता हो । एअरलाइन्सले स्थापनाकालदेखि नै समाजको लागि सक्दो योगदान गर्दै आएको छ । यसपटक लव प्रसाद बालगृहलाई गरिएको सहयोगले यहाँको बालबालिकाका लागि राम्रो जीवन र बसाईको व्यवस्था गर्न चाहन्छौं र उनीहरू भविष्यमा राष्ट्रको कर्णधार बनोस् भत्रे आशा राख्दछौँ ।,”
बालगृहका अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग गरेको एअरलाइन्स्को यस कदमको स्वागत गरे । “हाम्रो संस्थालाई गर्नुभएको हेरविचार र योगदानको लागि हामी हिमालय एअरलाइन्स् प्रति अत्यन्तै आभारी छौँ। उहाँहरूको उदार सहयोगलाई हाम्रो रेखदेखमा रहेको बालबालिकाको जीवनमा उल्लेखनीय सुधार ल्याउँनेछ।,” उनले भनिन् ।
हिमालय एअरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेको छ र विगत सात वर्षदेखि एअरलाइन्स्ले अनाथ तथा विपत्र बालबालिकाको लागि सञ्चालन गरिएको ‘प्रयास नेपाल’का बालबालिकालाई विभित्र शैक्षिक तथा अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।













