सानिमा बैंकका ग्राहकलाई फूडमाण्डुमा क्यासब्याक अफर
काठमाडौं । सानिमा बैंकले नयाँ अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फूडमाण्डुसँग क्यासब्याक अफरको ल्याएको हो ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फूडमाण्डु मा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ सम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको क्यासब्याक पाउन सकनेछन् । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना २० साउन देखि माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागु हुने बैंकले जानकारी दिएको छ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध रहेको छ ।













