अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा ७२ करोड संकलन, कति पर्यो आवेदन ?
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा ७२ करोड ६४ लाख ९४ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १९ गते साँझ ५ः०६ बजेसम्म ६ लाख ३६ हजार १३८ जनाले ७२ लाख ६४ हजार ९४० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइ बाँडफाँट भइसकेको छ । कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओ साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।













