साउन २९ गतेदेखि सोनापुर मिनरल्सको आइपीओ आउदैं, कति कित्ता दिने आवेदन ?
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशत १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता आइपीओे निष्कासनको अनुमति पाएको थियो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ निष्कासन गर्ने छ ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ताका र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता आवेदन दिन सक्नेछन् ।
आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले भदौ ११ गते आवेदन दिन सक्नेछन् भने सो अवधिमा माग बमोजिम आवेदन नपरे भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।













