द क्लिफमा तयार भयो वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क ?
काठमाडौं । द क्लिफले वाल क्लाइम्बिङ सञ्चालनमा ल्याएको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो ।
’बिले गाइड’को मद्दतले वाल चड्न सकिने कम्पनीले जनाएको छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ ।
आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उदेश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्की बताएको छन् ।
द क्लिफको ’ब्रीज प्रवेश शुल्क’ ५ सय तिरेपछी सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ । सो टिकट बिना चड्नेले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।













