शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मुनाफा २१.२९ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा पनि सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा २१.२९ प्रतिशतले बढेर ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब १० करोड ९९ लाख ८७ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २६.८७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड ३० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्ममा कम्पनीको संचालन नाफा २८.८४ प्रतिशतले बढेर १ अर्ब १३ करोड ३८ लाख २७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ८७ करोड ९९ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष १ अर्ब ४२ करोड ४६ लाख ५८ हजार रुपैयाँ, वितरण योग्य नाफा बढेर ४८ करोड ६७ लाख ९९ हजार रुपैयाँ र खराब कर्जा १.८१ प्रतिशत रहेको छ ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३७ पैसा र प्रतिसेयर आम्दानी १४४ रुपैयाँ ६२ पैसा रहेको छ ।













