शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त
काठमाडौं । शिखर इन्स्योरेन्सले संचालक समितिको अध्यक्ष गौरव अग्रवाललाई नियुक्त गरेको छ । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई चयन गरेको हो ।
कम्पनीको संचालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले दिएको राजीनामा साउन १९ गतेदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएको हो । उनको राजीनामा स्वीकृत पश्चात रिक्त पदमा अग्रवाललाई चयन गरिएको छ ।












