नेष्डो समृद्ध लघुवित्तका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाई ठकुरीको कार्यकाल थप
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय सस्था लिमिटेडका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाई ठकुरीको कार्यकाल थप भएको छ ।
प्रसाईको कार्यकाल असार ३१ गते समाप्त भएको र सोहि दिन बसेको संचालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि पदावधी थप गरेको हो । अब प्रसाईको कार्यकाल थप चार वर्षको हुनेछ ।












