सागर डिष्टिलरीले साढे सात लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुने ७,५०,००० लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । सर्वसाधारण जनताको सहभागिता बढाउनको लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष जलानले जानकारी गरेका हुन् । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निष्काशन गर्ने लागेको हो ।












