एनएमबि बैंकको सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी कमल राज सापकोटाको नाममा रेहको १० हजार ७३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ (साउन २२ गते) दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकेको समयमा संस्थापकहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रकिया अघि बढाउने बैंकले जानकारी दिएको छ ।













