सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्र्चन्ट बैंकिङले आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको थियो । आइपीओमा अन्तिम दिनसम्म ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ संकलन भएको थियो ।
आइपीओमा २७ लाख ९०५ जना नेपालीहरुले कम्पनीको आईपीओ आवेदन दिएका थिए । जसमा ४ जनाको आवेदन रद्ध भएर २७ हजार ९०१ आवेदकको योग्य आवेदन परेको छ ।
गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुदाँ १० देखि ४० कित्ता सम्म आवेदन दिएका ९ हजार ७४ जनाले माग अनुसारको सेयर प्राप्त गरेका छन् । १ लाख ९० हजार ४६० कित्ता सेयर उनीहरुलाई बाँडफाँट गरेको हो ।
साथै, ५० कित्ता देखि ३ हजार कित्तासम्म आवेदन दिएका १८ हजार ८२७ जना आवेदकले पनि न्युनतम ४० कित्ताका दरले ७ लाख ५३ हजार ८० कित्ता सेयर पाएका छन् । बाँकी रहेको १६ हजार २८० कित्ता सेयर भने ५० कित्तादेखि ३ हजारसम्म माग गर्ने १ हजार ६२८ जनाले थप १० कित्ताका दरले सेयर पाएका हुन् ।
कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गरेको थियो । जसमा प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको थियो । आइपीओमा अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको थियो ।













