सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट सम्पन्न, कतिले पाए सेयर ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा निष्कासन गरेको आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको ११ लाख २५ हजार कित्ता सेयर आज बाँडफाँट भएको हो ।
आइपीओ १९ हजार ३० लाख ९०० कित्ता लागि २७ हजार ६३२ जनाले आवपेदन दिएका थिए । जसमा चार जनाको आवेदन भने रद्ध गरीएको थियो । योग्य २७ हजार ६२८ जना आवेदकहरुबाट धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम बाँडफाँट गरीएको छ ।
आइपीओमा न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८८५ आवेदकहरुलाई माग बमोेजिमका १ लाख ५४ हजार ९९० कित्ता तथा ५० देखि २००० कित्ता सम्म माग गर्ने १९ हजार ७४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७लाख ८९ हजार ७२० कित्ता गरी कुल ९ लाख ४४हजार ७१० कित्ता बाँडफाँट गरेको हो । बाँकी रहन गएको १ लाख ८० हजार २९० कित्ताको हकमा ५० देखि २००० कित्ता सम्म मागगर्ने १९ हजार ७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँट गर्न अपुग हुनेभएकाले ५० देखि २००० कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८ हजार २९ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २९० कित्ता बाँडफाँट गरिएको छ ।













