२४ श्रावण २०८३, आइतबार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध



काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणगढ–मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।