नेप्सेमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारण समक्ष सिटिजनस क्यापिटल लिमिटेड मार्फत १० करोड इकाई धितोपत्र खुल्ला बिक्री आव्हान गरेको मध्य वितरण गरेको जम्मा ७ करोड ५० लाख ७२ हजार ३७० कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा भोली अर्थात साउन २४ गते दोस्रो बजारमा कारोबार आउनेछ । साथै, यसको स्टक सिम्बोल सि३०एमएफ कायम रहेको छ ।














