८ श्रावण २०८३, शुक्रबार

मंगलबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २८.४० अकंले घटेर २०१९.८५ बिन्दुमा बन्द भएको हो ।

आज २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार दुई कम्पनको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज स्वरोजगार लघुवित्त विकास बैंक र नेपाल रिपब्लिक मिडियाको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, आज पिपुल्स पावर कम्पनीको ३.९४ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ३.७८ प्रतिशत, सर्पोट माइक्रोफाइनान्सको २.७३ प्रतिशतले सेयर मैल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्