८ श्रावण २०८३, शुक्रबार

आइएमई लाइफको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?



काठमाडौं । बजार केहि दिन यता निरन्तर खुम्चि रहेको छ । बैंक तथा वित्तीय संस्थाको लाभांश क्षमताले सुधार ल्याउने आशा गरे पनि बजार अझै माथि उठ्न सकेको छैन ।

लगानीकर्ता निराश बन्दै जाँदा कारोबार रकम समेत निरन्तर खुम्चि रहेको छ । कारोबार खुम्चिदैं १ अर्ब ७३ करोडमा सिमित भएपछि बजार पनि २८ अकंले घट्न पुगेको हो ।

आज आइएमई लाइफको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कारोबार आएसँगै आइएमई लाइफको सेयर उच्च खरिदबिक्री भइरहेको देखिन्छ । आज कम्पनीको १७ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँ, एभरेष्ट बैंकको ४ करोड ४३ लाख रुपैयाँ, सिइडिबि हाइड्रोपावरको ४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्