२४ श्रावण २०८३, आइतबार

सेयर प्रो सेक्यूरिटीजद्धारा डि–म्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुट



काठमाडौं । सेयर प्रो सेक्यूरिटीजद्धारा डि म्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुट दिने व्यावस्था गरेको छ ।

सेयर प्रो सेक्यूरिटीजले जेठ ९ गते धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी असार २८ गतेबाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ ।

ग्राहकहरुको सन्तुष्टि प्रतिको आफ्नो प्रतिबद्धता अन्तर्गत ग्राहकहरुलाई लक्षीत गरी कम्पनीले आजकै मितिबाट लागु हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुटको योजना सार्वजनिक गर्दछ ।

यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सदस्यता लिई कारोबार गर्न सक्नुहुनेछ । धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।