२४ श्रावण २०८३, आइतबार

स्वीजरल्याण्ड पुगेका माधव नेपालले ललिता निवास प्रकरणमा प्रष्टीकरण: ‘कुनै बदमासी गरेको छैन’



काठमाडौं । स्वी जरल्याण्ड पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा प्रष्टीकरण दिएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई पनि अनुसन्धानको दायरमा ल्याउन आदेश दिएको बारे बोल्दै आफूले कुनै बदमासी नगरेको बताएका हुन् ।

उनले आफूले कुनै अनुचित काम नगरेको भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उनको तर्क थियो । भ्रष्टाचारको पक्षमा मुछिने कुनै काम नगरेको भन्दै अदालतको निर्णयको बारेमा आफुले केहि भन्नु नरहेको बताए ।