एनआईसी एशिया लघुवित्त बन्डुसेन शाखाले क्यान्सर पिडितलाई दियो राहत
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले क्यान्सर पिडितलाई राहत प्रदान गरेको छ ।
संस्थाको सुदुरपश्चिम प्रदेश अन्तर्गतको शाखा कार्यालय बन्डुसेनले क्यान्सर पिडितलाई आठ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
बन्डुसेन शाखामा आबद्ध .क्यान्सर पिडित सदस्य भागरथी दमाईलाइ राहत स्वरुप प्रदान गरेको हो । शाखा प्रमुख मोहन राज ओझाले भागरथीका श्रीमान मान बहादुर दमाईलाई उक्त रहक हस्तान्तरण गरेका हुन् ।













